

भुकम्प अपडेटः ज्यान गुमाउनेको संख्या १५७ पुग्यो, घाइते संख्या १७०

काठमाडौं । भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।
शुक्रबार राती जाजरकोटलाई केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १५७ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १७० जना पुगेका छन् ।
नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाइते भएका छन् ।
साथै, रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन् भने ७८ जना घाइते भएका छन् ।
घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।