

जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा भूकम्प, ठूलो मानवीय क्षति

काठमाडौं- जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ठूलो भूकम्पपछि लगातार तीन वटा परकम्प गएको छ।
भूकम्पमा परी ठूलो जनधनको क्षति भएको स्थानीस्य अधिकारीहरुले बताएका छन्। भूकम्पको प्रभाव जाजरकोट र रुकुममा सबैभन्दा बढी देखिएको छ।
राहत र उद्धारमा जुट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । ‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु। घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्। उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।’’