

आज कांग्रेसको चियापान

काठमाडौं । आज नेपाली कांग्रेसले चियापानको आयोजना गर्दैछ ।
दशैं तिहारजस्ता नेपालीहरुको महानपर्बको अवसरमा नेपाली कांग्रेसले आज चियापानको आयोजना गर्न लागेको हो ।
सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजना हुने उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रतिनिधि, संबैधानिक आयोगका प्रमुख र सदस्य तथा कुटनीतिक नियोगका प्रमुखलगायतका मुलुकका बिभिन्न क्षेत्रका प्रतिनिधित्वहरुको उपस्थिति रहने कांग्रेसले जनाएको छ ।
कोजाग्रत पुर्णिमाको दिन हरेक बर्ष कांग्रेसले बर्षाै देखी चियापान आयोजना गर्दै आएको छ ।