पीएफसी छैटौँ आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सुरु



काठमाडौं । पिस फिटनेस सेन्टर (पीएफसी) द्वारा आयोजना गरिएको छैटौँ आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

काठमाडौंस्थित पेप्सीकोलामा रहेको पीएफसी ब्याडमिन्टन कबर्ड हलमा खेल बिहीबाट सुरु गरिएको हो ।

प्रतियोगितामा पुरुष एकल, डबल्स र ५० वर्ष माथिका भेट्रान्स समूह छुट्याएर खेल आयोजना गरिएको आयोजकले जनाएको छ । पुरुष सिंगल्सतर्फ २५ जना, डबल्सतर्पm ४२ र भेट्रान्सतर्फ १६ टीमले भाग लिएका छन् ।

कार्यक्रममा पीएफसीका अध्यक्ष सञ्जय कपालीले खेलाडीलाई कर्क दिएर शुभारम्भ गरेका थिए ।

पेप्सीकोला आसपासलगायतका खेलाडीको सहभागिता रहेको प्रतियोगिता २८ गतेसम्म चल्नेछ ।