पीडामा पश्चिम नेपालः इजरायल आक्रमणमा यी १० नेपालीको मृत्यु, केही घाइते र बेपत्ता (नामसहित)

काठमाडाैं ।  प्यालेस्टानी विद्रोही (हमास)को आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

नेपाली विद्यार्थी नितिन भण्डारीका अनुसार अन्य चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन छन्। अन्य दुई जना भने सकुशल रहेको नितिनले जानकारी दिए। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू रहेको नितिनको भनाइ छ।

मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द शाह, सुनसरीका राजेशकुमार स्वरंकार, डोटीका राजन फुलारा, पदम थापा र सल्यानका प्रवेश भण्डारी रहेका छन्। १० मृतकमध्ये ८ जना पश्चिम नेपालका रहेका छन् ।

११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत् कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये सल्यानका प्रमोद केसी र कैलालीका बीरेन्द्र चौधरी सकुशल छन्। तीमध्ये प्रमोद कृषि फार्मका मालिकसँग रहेका छन् भने बीरेन्द्र प्रहरीकहाँ सुरक्षित छन्।

त्यस्तै विद्रोहीको आक्रमणबाट चार जना घाइतेमध्ये सल्यानका विधान सेजवा र दाङका प्रविन डाँगीलाई खुट्टामा चोट लागेको छ भने कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमााञ्चल कट्टेल अस्पतालमा सकुशल रहेका छन्।

कञ्चनपुरका बिपिन जोसी भने सम्पर्कविहीन रहेका छन्। यस विषयमा इजरायलस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले आधिकारिक पुष्टि भने गरेको छैन।

May be an image of ticket stub and text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *