प्रधानसेनापति शर्मा भारत प्रस्थान, कसले पाए का.मु. प्रधानसेनापतिको जिम्मेवारी ?

काठमाडाैं । प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्।

शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि आइतबार प्रस्थान गरेका हुन्। उनलाई बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेका थिए।

नयाँ दिल्लीमा सोमबारदेखि असोज १० गतेसम्‍म आयोजना हुने १३औं इन्डो प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन प्रधानसेनापति शर्मा भारत प्रस्थान गरेका हुन्।

बिदाइ गर्न सेनाका रथीहरू, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरूको उपस्थिति थियो। भारत प्रस्थान गर्नुअघि प्रधानसेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हेका छन्।

भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा असोज ११ गते नेपाल फर्किनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *