

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले टोलीलाई बिदाइ गर्दै शुभकामना दिए ।
यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्ने नेपालले समूह चरण पार गरेमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।
नेपाली टोलीमा रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी र अविनाश बोहरा छन् ।
ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन् ।