सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन सम्पन्न

चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहितकरिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा सौराहामा ‘दोश्रो सूर्यज्योति सेल्स कन्भेन्सन’ सम्पन्न गरेको छ ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भटराई, सदस्यहरु नन्दकिशोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का लगायत उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल भएका देशभरिबाट उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र  १० जना सेल्स एक्जिक्युटिभहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई ट्रफी तथा सम्मानपत्र हस्तान्तरण गरिएको थियो । आयोजित दोश्रो सेल्स कन्भेन्सनबाट कम्पनीको हालको अवस्था र आगामी बजार विस्तार योजना र रणनीति सम्बन्धी बृहत ज्ञान प्राप्त गर्ने  अवसरले  कर्मचारीहरु थप उत्साहित रहेको कुरा सहभागीहरुले जनाए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले  सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनीले  हरेक सुचकहरुमा उल्लेखनीय सफलता हासिल गर्दै आइरहेको साथै समयसापेक्ष उत्कृष्ट योजना र नविनतम प्रविधिको अवलम्बन गर्दै देशको जीवनबीमा क्षेत्रकै उत्कृष्ट  सूर्यज्योति लाइफ बन्नेमा आफु ढुक्क रहेको बताए ।

सञ्चालक विवेक झाले कम्पनीसँग बेस्ट प्रोडक्ट, देशभर फैलिएको शाखा सञ्जाल, उत्कृष्ट सेल्स टिम र दक्ष कर्मचारीहरुको साथ रहेको हुँदा आगमी दिनमा जीवन बीमा कम्पनीहरुमा सूर्यज्योतिनै अब्बल हुने कुरामा आपूmले दृढ विश्वास लिएको पनि जानकारी गराए ।

साथै सञ्चालक नन्दकिशोर शर्माले कम्पनीको वृहत्तर हित र उन्नतिकालागि  सञ्चालक समिति सदैव सकारात्मक रहेको कुरा जानकारी गराए ।

कम्पनीका अध्यक्ष केशव प्रसाद भटराईले उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यबाद दिनुका साथै ब्यापार बिस्तार गर्ने क्रममा कम्पनीले संस्थागत सुशासन तथा जोखिमहरुको  सुक्ष्म पहिचान गरि  व्यबस्थापन गर्नु पर्ने र बीमा प्राधिकरणबाट जारी भएका सम्पुर्ण नीतिनियमहरु अनिवार्य पालना गर्नु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *