रोकिराखेको ट्रकसँग बस ठोक्किँदा ७ को मृत्यु, २५ जना घाइते



नेपालगञ्ज – बाँकेमा सात बस र ट्रक ठोक्किँदा सात जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्।

शुकुबार राति दाङबाट आउँदै गरेको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भइको हो।

दाङबाट आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किँदा अहिलेसम्म सात जनाको मृत्यु भएको हो।

दुर्घटनामा बसका चालकको पनि मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले जानकारी दिए। मृतकको सनाखत भइसकेको छैन।

उनका अनुसार दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल पुर्‍याइएको छ। केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ।