

‘नैना के तिर स हमरा’ लिएर आए गायक प्रकाश अनुराग (भिडियोसहित)

इनरुवा । इनरुवामा रहेर संगीत क्षेत्रमा काम गर्दै आएका गायक प्रकाश अनुरागको मैथिली गीत सार्वजनिक भएको छ । ‘नैना के तिर स हमरा’ भन्ने मैथिली गीत सोमबार बजारमा आएको छ ।
गीतमा पारसमाणिको संगीत, रमेश साहको शब्द, कामेश्वर परदेशीको निर्देशन र छायाँकन रहेको छ । एसएम सेरिज लहानमा रेकर्ड भएको गीतमा राजाराम चौधरी र मन्जुको अभिनय देख्न सकिन्छ ।
चन्नु शर्माले सम्पादन गरेको गीतको भिडियो श्यामकुमारी खवासले निर्माण गरेकी हुन् । गायक प्रकाश अनुरागले नेपाली र मैथिलीका दर्जनौं गीतमा स्वर दिएका छन् ।
गायन क्षेत्रलाई निरन्तरता दिँदै अनुरागले संगीत क्षेत्रमा नै लगनशील भएर अगाडि बढिरहेको र आगामी दिनमा पनि परिवेशअनुसारका गीतहरु सार्वजनिक गर्ने बताए ।
भिडियोः