

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारदेखि पुनः बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्दै छ ।
पुष ७ गतेदेखि सुरु भएको बैठक १० गतेदेखि स्थगित भएको थियो । बैठकमा संसद विघटनबारे छलफल हुनेछ ।
यसअघिका बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए ।
तर सभापति शेर बहादुर देउवाले भने संसद विघटनको मुद्धा अदालतमा विचाराधीन रहेकोले आन्दोलन गरेर अदालतलाई दबाब दिन नहुने बताएका थिए ।
आजको बैठकमाबोल्न बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले जानकारी दिए ।