

मिस वल्र्ड बन्ने श्रृंखलाको सम्भावना कति ?

काठमाडौं – मिस नेपाल २०१८ श्रृंखला खतिवडा अहिले मिस वल्डको प्रतिस्पर्धाको लागी चीनमा छिन् । सन् २०१८ डिसेम्बर ८ मा हुन लागेको उक्त इभेन्टमा विश्वका १ सय २१ मुलुकका सुन्दरीहरुको सहभागिता हुँदैछ ।
त्यहाँं उपस्थित धेरै लाई श्रृंखलाले आफ्नो प्रभाब छोड्न सफल भएकी छिन् । उनले त्यहाँ आएका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता विभिन्न क्रियाकलाप गरिरहेकी छिन् । उनको कामप्रति उनीहरु पनि प्रभावित बनेका छन् ।
देश झाल्किने विभिन्न प्रस्तुती दिइरहेकी श्रृंखला अहिले भोटिङमा टप एक नम्मबरमा रहेकी छिन् । अन्य देशका नागरिकले समेत उनको सपोर्ट गरिरहेका छन् । श्रृंखलाका पछिल्ला क्रियाकलाप तथा उनका प्रस्तुतिले पनि यो पटक उनलाई मिस वल्डको मुख्य दाबेदारका मानिएको छ ।