

कांग्रेस सांसद सुनील शर्मा पक्राउ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।
शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन् ।
शर्मालाई प्रहरीले गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको जनाइएको छ ।
सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको जनाइएको छ ।
स्रोतका अनुसार शर्माविरुद्ध लोकमानसिंह कार्की अख्तियार प्रमुख भएकै बेलादेखिको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा थियो ।
सोही मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको बताइएको छ । तर कांग्रेस नेताहरूले भने गृह र अर्थमन्त्रीको आलोचना गरेका कारण प्रतिशोधन साँध्ने हिसाबले शर्मालाई पक्राउ गरिएको आरोप लगाएका छन् ।