

न्यूरोडमा ८ तलामाथिबाट हाम्फालेका व्यापारीको मृत्यु

काठमाडौं । काठमाडौंको न्यूरोडमा एकजना व्यापारीले ८ तला माथिबाट हामफालेका छन् । ५५ वर्षीय संजय गुप्ताले आफ्नै घरको आठौं तलाबाट हामफालेका हुन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर–२५ मासागल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
वीर अस्पतालका चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका छन् । उनी कपडाको व्यापार गर्दै आएका थिए । मंगलबार दिउँसो १ बजेर ३० मिनेटमा उनले हामफालेका हुन् ।
घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।