

३ केजी गाँजासहित सशस्त्रको नियन्त्रणमा कान्छामान

रौतहट । रौतहट जिल्लाको कटहरीया नगरपालिका १ स्थित पर्सवनी चोेकबाट साउन १५ गते सशस्त्र प्रहरीले करीव ३ के.जी.गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
मकवानपुर जिल्लाको बकैया गाँउपालिका ३ बस्ने ४५ वर्षिय कान्छामान तामाङ्गलाई नं. ११ गण रौतहटले जाँच गर्दा निजले बोकेको झोलामा उल्लेखित परिमाणको गाँजा फेला पारेपछि नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका उनलाइ बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।