अभिनेता सारूकको भेटियो ‘सुसाइड नोट’, के छ त ‘सुसाइड नोट’मा ? 

काठमाडौं । अभिनेता सारुक ताम्राकार मृत्यु प्रकरणबारे प्रहरीले नयाँ तथ्य फेला पारेको छ ।

झुन्डिएको अवस्थामा भेटिएका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको हो ।

सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेको भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार सारुकले सुसाइड नोटमा कसैलाई दुख नदिन प्रहरीलाई अनुरोध गरेका छन्।

ताम्राकारले २१ असारमा काठमाडौं रातोपुलस्थित आफ्नै निवासमा भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *