

सर्वाेच्च अदालतद्वारा कोशी प्रदेशका मुख्यमन्त्रीको नियुक्ति खारेज

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ ।
कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले थापाको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै दायर गरेको रिटमामाथि बिहीबार सर्वाेच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति रद्द गरेको हो ।
उनी सभामुख बाबुराम गौतमको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, कार्कीले सभामुखको हस्ताक्षरले मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै बदरको माग राखेर रिट दिएका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्दै पदमुक्त हुने आदेश दिएको हो ।