

यूटुवमा “गंगा र जमुना” को भिडियो सार्वजनिक

चर्चित लोकदोहोरी गायक मनोज थापाको लय तथा शब्द रहेको लोक गीत “गंगा र जमुना” नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।
व्लोसम म्युजिक प्रा.ली को प्रस्तुतिमा रहेको गीतमा मनोज थापा, सुरेश बैजु र विन्दा सुन्दासले सुरिलो आवाज दिएका छन् । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । गीतलाई व्लोसम म्युजिकको आधिकारिक यूटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा उशा सुवेदी , एलिना देउजा, उद्वव सापकोटा, तेजेन्द्र गौतम, उदय पौडेल आदिको अभिनय रहेको छ भने भिडियोलाई लक्षमण चौहानले सम्पादन गरेका छन् । प्रकाश खड्काको छायांकन रहेको भिडियोमा दृश्य निर्माण वि. स्टार फिल्मसले गरेको हो । यो गीत धेरै दर्शकले मन पराउने अपेक्षा निर्माण पक्षले गरेको छ ।