स्वस्थ शरीरसँगै स्वस्थ मन मस्तिष्क आवश्यक: डा. घिमिरे

काठमाडाैं – स्वास्थ्य जीवनको लागि समर्पित ॐ समाज डेन्टल हस्पीटल दॉतको उपचारमा मात्र संलग्न नभएर बिभिन्न सामाजिक कार्यहरूमा सरिक हुदै आईरहेको छ।  पछिल्लो चरण भने ॐ समाज डेन्टल हस्पीटल धार्मिक अनुष्ठान कार्यमा पनि सक्रिय हुन थालेको छ।

इन्द्र अन्नपुर्ण योगा तथा लायन्स क्लब अफ काठमाडौं,  ॐ समाज डेन्टल हस्पिटल नैकाप र श्री बैकुण्ठनाथ दिब्यधामको आयोजनामा काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिका- १४  नैकाप स्थित ॐ समाज डेन्टल हस्पीटल को प्रांगणमा पुरुषोत्तम मास महोत्सवको अबसर पारेर श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना भईरहेको छ।

उक्त महायज्ञमा श्री बैकुण्ठनाथ दिव्यधामका मठाधीष श्री १००८ स्वामी भागवताचार्य महराजले कथा बाचन गर्ने जानकारी ॐ समाज डेन्टल हस्पिटलका प्रमुख तथा यस महायज्ञ प्रचार प्रसार संयोजक डा. सुभाष कुमार घिमिरेले बताए।

संघीय सांसद माननीय कृष्णगोपाल श्रेष्ठले धार्मिकस्थल मोत्छेनारायणदेखि धार्मिक विधिपूर्वक यहि श्रावण २ गते शोभायात्राको उद्धाटन गरि शुरू भएको महायज्ञ यहि श्रावणको ८ गते सम्म चल्ने पनि उनले जानकारी दिए ।

साथै हरेक दिन दिउॅसो १ बजे देखि ४ बजे सम्म चल्ने कथावाचन कार्यक्रमको उद्धाटन प्रदेश सभा सदस्य माननीय केशब पोखरेल ले गर्नु भएको पनि संयोजक डा.घिमिरेले बताए ।

हामी स्वास्थ्य क्षेत्रमा त सक्रिय नै छौ स्वास्थ्य मात्र नभएर मानसिक र आत्मको पनि पुर्ण शुद्धता होस भन्ने कामना सहित यस खाले धार्मिक सामाजिक र सांस्कृतिक कार्यमा पनि लागेको ओम समाज डेन्टल हस्पीटलका प्रमुख तथा कार्यक्रम प्रचार प्रसार संयोजक डा. घिमिरेले बताए ।

पुरुषोत्तम मासको समयमा यस खाले अनुष्ठान गरेरमा भक्तजनहरूलाई थप पुन्य र ज्ञान प्राप्त हुने हुँदा यो महायज्ञ गरिएकोले सबै भक्तजनलाई आयोजक संस्थाहरू र ऑफ्नो व्यक्तिगत तर्फबाट पनि निमन्त्रणा गर्न चाहेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *