

मेयर चौधरी काभ्रे महादेव मन्दिरमा, मन्दिर र धर्मशालाका लागि ५१ लाख बजेट विनियोजन

लहान । लहान नगरपालिकाका मेयर महेश चौधरीले लहान नगरपालिकाको वडा नं. १६ मा रहेको काभ्रे महादेव मन्दिर परिसरको अवलोकन गरेका छन् ।
मेयर चौधरीले साउने संक्रान्तिको अवसरमा हुने लाग्ने गरेको विशेष मेलामा उक्त स्थानमा पुगेका थिए । उक्त अवसरमा मेयर चौधरीले उक्त मन्दिर र धर्मशाला बनाउनका लागि नगरपालिकाले ५१ लाख रुपैयाँ विनियोजन गरेको समेत बताएका थिए ।
उक्त अवसरमा मेयर चौधरीले मन्दिरमा भगवान् शिवको पूजाआजा पनि गरेका थिए ।