नक्कली भुटानी शरणार्थी प्रकरणः राजधानीबाटै पक्राउ परे तुलाधर



काठमाडाैं । नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गरिएको घटनामा थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३० घर भई काठमाडौं महानगरपालिका-१६, नयाँबजार, खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधर छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बुधबार काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

एसपी रेग्मीले पक्राउ परेका उनलाई ठगी तथा संगठित अपराध कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौ पठाइएको बताए।

यसअघि यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, सचिव टोपबहादुर रायमाझीसहित १६ जना पुर्पक्षका लागि थुनामा छन्।