ललिता निवास प्रकरण : हालसम्म पक्राउ परेका यी हुन् १७ आरोपी
काठमाडौं । बहुचर्चित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको छ ।
बुधबार भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर (सिडिई) बालकृष्ण श्रेष्ठ र समरजङ्ग कम्पनीका सह–लेखापाल विनोद पौडेललाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्ने संख्या १७ पुगेको हो ।
यसअघि असार २६ मा प्रहरीले तत्कालीन भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रुद्र प्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो । भूमिसुधार तथा व्यवस्था विभागमा महानिर्देशक हुँदा श्रेष्ठले पशुपति टिकिन्छा गुठिमा मोही खडा गरेर सरकारी जग्गा हिनामिना गरेको आरोप छ ।
सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठले बालुवाटार क्षेत्रमा विशिष्ट व्यक्तिहरूको निवास विस्तारको नाममा जग्गा सङ्कुचन गराएर मोही कायम गर्न भूमिका खेलेको प्रहरीले जनाएको छ ।
हालसम्म पक्राउ परेकाहरूः
१. मीन बहादुर गुरुङ – भाटभटेनी सुपर मार्केटका सञ्चालक
२. सुधीर कुमार शाह – पूर्व निर्वाचन आयुक्त ।
३. धर्म प्रसाद गौतम- शाखा अधिकृत
४. गोपाल कार्की, अवकाश प्राप्त खरिदार
५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव
६. घमान कुमारी कार्की- नापी सर्वेक्षक
७.बाबुराजा महर्जन- नक्कली मोही
८.रमेश कुमार पोखरेल- समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख
९. देव नारायण महर्जन- मोही
१०.लोकहरी घिमिरे – समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख
११. ध्रुब प्रसाद अर्याल- नापी सर्वेक्षक
१२. कृष्ण बहादुर राउत- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव
१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत
१४. नारायणदास मिश्र- पूर्व खरिदार डिल्लीबजार मालपोत
१५. रुद्र प्रसाद श्रेष्ठ- महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग
१६. बालकृष्ण श्रेष्ठ- सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय
१७. विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी
स्टे-अर्डरमा छुटेकाः
१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत
२. सुरेन्द्रमान कपाली, अधिकृत
३. हुपेन्द्रमणि केसी, शाखा अधिकृत