

ड्युटीमा रहेका प्रहरीलाई हातपात गर्ने केसी पक्राउ

सुर्खेत – बिरेन्द्रनगर नगरपालिका-७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा चेकजाँच गर्ने क्रममा क.प्र.०२००१ प १५२८ नम्बरको मोटरसाइकलमा सवार प्रकाश समेतका ४ जनाले चेकिङमा खटिएका प्रहरी सहायक हवल्दारलाई एक्कासि हातपात तथा कुटपिट गरे पश्चात उक्त मोटरसाइकलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।