

झापामा एक युवकले गरे आत्मदाह
झापा । झापामा एक युवकले मंगलबार बिहान आत्मदाह गरेका छन् ।
जिल्लाको गौरादह नगरपालिका वडा नं १ का ३५ वर्षीय रोहन साहले घरको आफू सुतेकै कोठामा शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार उनी विगत दुई तीन वर्षदेखि डिप्रेसनका विरामी रहेका थिए । उनकी श्रीमती कामको सिलसिलामा विराटनगरमा भएका बेला साहले आत्मदाह गरेको बताइएको छ ।
सुत्ने कोठामा डढेको अवस्थामा प्लास्टिकको जर्किन भेटिएको र उक्त जर्किनमा कुन तरल पदार्थ थियो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।