

देशभर थप ४८१ मा कोरोना संक्रमण, ७३१ जना कोरोनामुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा देशभर थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार १८१ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७३१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ।
त्यस्तै, गत २४ घन्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय २५ पुगेको छ।
हालसम्म नेपालमा १९ लाख ९ हजार ६५४ जनाको कोरोना परिक्षण गरिएको छ । अहिलेको अवस्थामा नेपालमा ६ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।
उपत्यकामा २०८ जनामा कोरोना संक्रमित देखिएका छन् ।