ललिता निवास प्रकरणः समरजंग कम्पनीका प्रमुखसहित थप २ पक्राउ



काठमाडौं । ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।

गृह मन्त्रालय मातहतको समरजंग कम्पनीको नाममा ललिता निवासको धेरै जग्गा ल्याइएको थियो । सोही जग्गा पछि व्यक्तिका नाममा सारिएको थियो । यो प्रकरणमा हालसम्म पक्राउ परेकाको संख्या ९ पुगेको छ ।