चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउँदै

काठमाडौँ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा थप जानकारी लिनका लागि चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउँदै छ । चीनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको टोली आइतबार काठमाडौँ आउन लागेको हो ।

नेपालको राजनैतिक घटनाक्रम र नेकपामा आएको विभाजनले अस्थिरता बढीरहेका बेला चार सदस्यीय चीनियाँ टोली आउन लागेको हो । उपमन्त्री कुओ नेतृत्वको प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ। त्यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको एक समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने तय भएको छ।

कुओ अन्तर्राष्ट्रिय विभागमा ३३ वर्षदेखि कार्यरत छन्। विभागका चार जना उपमन्त्रीमध्ये कुओ सबैभन्दा सिनियर नेता हुन्। नेपालको राजनीतिबारे अर्का छिमेकी राजदूत पनि दिल्ली पुगेका बेला उनको भ्रमण हुन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *