पुष्पलाल स्मृती ब्याडमिन्टन अर्को साता सुरू हुँदै

काठमाडौं । १० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता अर्को साता काठमाडौमा हुने भएको छ ।

नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा हुने प्रतियोगिता पौष २६ गते देखि राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरको कभर्डहलमा हुने भएको छ ।

प्रतियोगितामा पुरुष एकल (शिर्ष १६ स्थानका खेलाडीहरु) र महिला एकल (शिर्ष १२ स्थानका खेलाडीहरु), पुरुष एकल (शिर्ष १६ देखि बाहेक) र महिला एकल (शिर्ष १२ देखि बाहेक), पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु – १७ एकल र ४५ बर्ष माथिको भेट्रान्स युगल गरि १० विधामा प्रतिपर्धा हुने छ । प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसंग आवद्ध ४७ जिल्ला, तीन विभागिय टोली नेपाली सेना त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरि करिव २०० खेलाडीहरुले सहभागिता जनाउने आयोजक संघले प्रेश बिज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

प्रतियोगिताको र्याङ्किङ्गप्रतिस्पर्धामा सहभागी खेलाडीहरुले सहभागिता भएबापत १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै पहिलो चरण लिगमा बिजयी हुने खेलाडीहरुले प्रत्येक खेल बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । यस्तै क्वाटरफाईनमा विजयी खेलाडीहरुले ८ हजार प्राप्त गर्ने छन् भने सेमिफाईनलमा विजयी खेलाडीहरुले १६ हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा विजयी खेलाडीहरुले थप २० हजार प्राप्त गर्नेछन् भने उपविजेता खेलाडीहरुले थप ५ हजार प्राप्त गर्नेछन् ।

यस्तै अन्य विधामा र्याङ्किङ्ग बाहेकका प्रतियोगितामा पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ बर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजेताले नगद १० हजार र शिर्ष चारमा पुग्नेले नगद ५÷५ हजार प्राप्त गर्नेछन् । यसैगरि छात्र तथा छात्रा यु – १७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शिर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४÷४ हजार प्राप्त गर्नेछन् । खेलाडीहरुले नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

कुल १९ लाख ८४ हजार लागत रहेको प्रतियोगितामा पुरस्कार तर्फ ५ लाख ५८ हजार तथा अन्य संचालन खर्च रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादक तथा वितरक योनेक्स सनराईज रहेको छ । योनेक्सले नेपालमा ब्याडमिन्टन खेलको विकासमा सहयोग पु¥याउने उद्धेश्यले लामो समय देखि विभिन्न प्रतियोगितामा प्रायोजन गर्दै आईरहेको छ । यस्तै सह प्रायोजकमा राष्ट्रिय खेलकुद परिषद् रहेको छ ।

२०६७ सालमा संघको स्थापना पश्चात विभिन्न आरोह अवरोहहरु पार गर्दै १० औं संस्करण सम्म आई पुग्दा पुरस्कार रासीमा बृद्धिका साथै खेलाडीहरुको हौसला अभिबृद्धि गर्न मोटरसाईकल प्रदान गर्ने कार्य समेत गरि सकेको छ । ब्याडमिन्टन प्रतियोगितामा एक मात्र ¥याङ्किङ्ग प्रतियोगिता रहेको यस प्रतियोगिता नेपालमा आएको महाभुकम्पका बेला मात्र स्थगित गरिएको थियो । यो एक मात्र प्रतियोगिता हो जसले ¥याङ्किङ्ग प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दछ ।

र्याङ्किङ्ग प्रतियोगितामा खेलाडीले सहभागिता जनाए देखिनै खेलाडीहरुले पुरस्कार प्राप्त गर्ने र विजयी प्रत्येक खेलाडीहरुको पुरस्कार बढ्दै जानेछ । संघले पहिलो देखि पाँचौं संस्करण सम्म यहि प्रकृयालाई निरन्तरता प्रदान गरेका थियो । तर विविध कारणले गर्दा छैटौं देखि आठौं सम्म यस प्रकृयालाई रोकिएकोमा पुनः ९ औं संस्करण देखि यस प्रकृयालाई निरन्तरता दिन थालिएको संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

कोभिड १९ का कारण बिश्वनै आक्रान्त भईरहेको अवस्थामा नेपालमा ब्याडमिन्टन खेलले खेलाडीहरुलाई सक्रिय गराउन अग्रगति लिने संकेत देखाएको छ । केहि समय अघिमात्र सिन्धुपाल्चोकको चौतारामा सर्वाधिक पुरस्कार रासीको तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप २१ ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भई सकेको छ । यस्तै रुपन्देहीमा सैनामैना खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भईसकेको छ भने धादिङ्गमा जिल्ला स्तरिय प्रथम मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *