

अनिल शाह पनि अब सक्रिय राजनीतिमा, प्रवेश गरे रास्वपा

काठमाडौं । पूर्वबैंकर अनिल केशरी शाह राजनीतिमा प्रवेश गरेका छन् । रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा पूर्वबैंकर शाह पार्टीमा प्रवेश गरेका हुन् ।
सभापति रवि लामिछानेले उनलाइ पार्टीमा स्वागत गरे । रास्वपामा प्रवेश गरेसँगै उनले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
गत वर्षको असार ७ गते रवि लामिछानेको नेतृत्वमा रास्वपा गठन भएको थियो । पार्टी स्थापनाको १ वर्ष पूरा गरेको अवसर पारेर रास्वपाले आज दिउँसो १ बजे चियापान आयोजना गरेको छ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै लामिछानेले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक पार्टी गठन गरेका थिए ।
पार्टी गठन भएको ६ महिनामा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा रास्वपाले राम्रो उपस्थिति मात्र जनाएर संसदको चौथो ठूलो दल बनेको छ । प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरेर रास्वपाले प्रतिनिधि सभामा २० सिट जितेको छ ।