

संवैधानिक परिषदमा पटक-पटक अनुपस्थित सभामुख, मन्त्रीको सपथमा उपस्थित !

काठमाडौं । शुक्रबार साँझ राष्ट्रपति कार्यालयमा सम्पन्न नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोहमा एउटा अनौठो देखियो ।
प्रधानमन्त्रीले आह्वान गरेको संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएका सभामुख अग्नीप्रसाद सापकोटा मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा भने उपस्थित भएर प्रधानमन्त्री केपी शर्माकै लहरमा उभिए ।
सञ्चारमाध्यममा तस्बिर आईरहँदा कतिपयले सभामुखको कर्तव्यबोधप्रति खुशी मनाइरहेका थिए भने संवैधानिक परिषद्मा उपस्थित नहुनु योजनाबद्ध भन्नेमा ढुक्क थिए ।

मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख एवं अध्यक्षहरु सहभागी बन्ने प्रचलन छ । सपथ ग्रहण कार्यक्रममा सभामुख सापकोटासँगै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना पनि उपस्थित थिए ।