

ड्युटीमा रहेका हवल्दारलाई इन्स्पेक्टरले कुटेपछि…

झापा । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात् कुटपिट गरेका छन् ।
झापाको मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका पाँचजना हवल्दारलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईले कुटपिट गरेका हुन् ।
इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवलदार पासाङ तामाङ, सशस्त्र प्रहरीका हवलदारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवलदार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन्।
उनीहरुलाई इन्स्पेक्टर राईले पानीमा डुबाउँदै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेका थिए । घाइतेहरूको धुलाबारीस्थित आम्दा मेची अस्पतालमा उपचार भइरहेको छ।
सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाले सो नाकाबाट सामान गएको भन्दै बर्दीधारी सशस्त्रका हवलदारहरूलाई कुटपिट गरेका थिए ।
बराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
… र यो पनि…
यीनै हुन् ड्युटीमा रहेका ५ मातहतका कर्मचारी कुट्ने सशस्त्र इन्स्पेक्टर राई