

प्रतिनिधिसभा विघटनविरूध्द सरकारका नाममा कारण देखाउ आदेश, ‘एमिकस क्युरी’ माग

काठमाडौं । संसद विघटनबारे सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।
सर्वोच्चले यस रिटमाथि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनसँग ‘एमिकस क्युरी’ पनि माग गरेको छ ।