

प्रचण्डविरूद्धको मुद्दा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा

काठमाडौं । बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाई हुने भएको छ ।
पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि मंगलवार सुनुवाइ हुन लागेको हो ।
माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।