प्रधानमन्त्री पत्नी सीता नर्भिकमा भर्ना, प्रचण्डको पनि स्वास्थ्य परिक्षण गरिँदै

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल नर्भिक अस्पतालमा भर्ना भएकी छन्।

सोमबार उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्ड पनि अस्पतालमा पुगेका छन्। सीता दाहाल लामो समयदेखि बिरामी छिन्।

दाहालको उपचार प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा.युवराज शर्मा तथा अस्पतालका वरिष्ठ डाक्टरहरूले उनको स्वास्थ्य परीक्षण गरिरहेका छन्।

प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो नियमित स्वास्थ्य जाँच गराएको स्वकीय सचिव रमेश मल्लले बताए। उनले मुटुको उपचार गराउन लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *