

स्वर्गद्वारी गएर फर्कँदै गरेको कार दुर्घटना, ८ जना गम्भीर घाइते

रूपन्देही । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको कार दुर्घटनामा परेकाे छ । कारमा चालक र ३ जना बालबालिकासहित ८ जना सवार थिए । उनीहरू गम्भीर घाइते रहेकाे भन्दै प्रहरीले मानवीय क्षतिको समेत आशंका गरेको छ ।
लु. १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी पुगेर फर्किँदै गर्दा स्वर्गद्वारी नपा- ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
स्थानीयका अनुसार घटनामा परेकाे गाडीमा सवार ८ जना एकै ठाउँका हुन् । घटनास्थलमा प्रहरी परिचालित भएका छन् ।
दाङको लमही- ५ बाट उनीहरू स्वर्गद्वारी दर्शनमा गएका थिए ।