

नेपालमा सक्रिय संक्रमित संख्या ७३८४, हालसम्म १८०८ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६१३ संक्रमित थपिँदै ७३९ जना कोरोना मुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ७३८४ रहेको छ ।
देशभर पछिल्लो २४ घण्टामा देशभर थप ६१३ जना संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७३९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ।
त्यस्तै, गत २४ घन्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८ पुगेको छ।
हालसम्म नेपालमा १८ लाख ९६ हजार २ सय ५० जनाको कोरोना परिक्षण गरिएको छ ।