

नक्कली शरणार्थी प्रकरण: आजवाट अदालतमा बयान सुरु हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आज देखी अदालतमा बयान प्रक्रिया सुरु हुने भएकाको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखी पक्राउ परेकाहरुको आज देखी अदालती बयान सुरु हुन लागेको हो ।
सो प्रकरणमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्तकाालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेनता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो ।
गत सोमवार प्रहरीले आफनो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्धा दर्ता गरेको थियो ।
राज्य बिरुद्धको अपराध, संगठित अपराध, किर्ते, ठगीलगायतका आरोप दर्ज गराएर मुद्धाा दर्ता गराएको पर्सिपल्ट अर्थात आज शुक्रवारवाट अदालत बयान लिन लागिएको हो ।