

सभामुखले संसदलाई दिए रायमाझी पक्राउ परेकाे जानकारी, भए निलम्बित

काठमाडौं । सभामुख देबराज घिमिरेले नेपाल प्रहरीले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको जानकारी गराएका छन ।
आइतवार बुढानिलकण्ठस्थित आफान्तको निवासवाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो । साे जानकारी पछि सभामुख घिमिरले उनी पत्राउ परेका संसदलाइ जानकारी गराएका हुन ।
नेपाल प्रहरीले सांसद रायमाझी पक्राउ परेको सुचना संसदीय सचिवालयलाई आएको प्रवक्ता एकराम गिरीले जानकारी दिएका थिए । ‘सांसद रायमाझी पक्राउ परेको औपचारिक जानकारी संसद सचिवालयमा आएको छ, अब सभामुखले नियमअनुसार त्यसको जानकारी संसदको बैठकमा गराउनु हुनेछ’ उनले भनेका थिए ।
सभामुखले साे जानकारी दिएसँगै सांसद रायमाझी निलम्बनमा परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पछि पक्राउ पुर्जि जारी भए पछि पनि उनी ११ दिन देखी फरार रहेका थिए । उनलाई हिजो मात्रै पक्राउ गरिएको हो ।