गण्डकीका नयाँ ४ मन्त्रीले लिए सपथ, दिपक मनाङ्गेको स्थानमा जितप्रकाश बने मन्त्री



पोखरा – गण्डकी प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीपरिषदलाई पुर्णता दिँदै नियुक्त गरेका नवनियुक्त ४ जना मन्त्रीलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री पाण्डेले कांग्रेसका महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आलेलाई तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए ।

यसअघि केन्द्रले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पनि मन्त्री बनाउने टुंगो लगाएको थियो । अन्तिममा उनलाई मन्त्री नबनाइ कांग्रेसकै जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरेका छन् । समाजवादीको समर्थन नभएपनि बहुमत पुग्ने देखिएपछि गुरुङको ठाउँमा कांग्रेसकै आले मन्त्री बनेका हुन् ।

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।