

किन खोले अमरेशले संसदमै लुगा ?

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अमर्यादित व्यवहार प्रस्तुत गर्दै अर्धनग्न बनेका छन् ।
सिंहले सभामुख देवराज घिमिरेले बोल्न समय नदिएको भन्दै लुगा खोेलेर अमर्यादित व्यवहार प्रस्तुत गरेका थिए । उनले पहिला आफूले लगाएको कोटका साथै त्यसपछि क्रमशः सर्ट र सेन्डो समेत खोलेका थिए ।
उनलाई सभामुख देवराज घिमिरेले अर्यादित, अशिष्ट र अश्लील व्यवहार नदेखाउन चेतावनी दिँदै शुन्य समयमा बोलेका सांसदहरुले स्वास्थ्य परिक्षणको माग समेत गरेका थिए ।