यी हुन् क्याप्टेन सुरेन्द्र पौडेल, जसले उडाएका थिए दुर्घटना भएको हेलिकोप्टर



काठमाडौं । संखुवासभामा दुर्घटना भएको सिम्रिक एयरको हेलिकप्टर क्याप्टेल सुरेन्द्र पौडेलले उडाएको जनाइएको छ ।

अहिले दुर्घटनास्थलमा सिम्रिकले अर्को हेलिकप्टर पनि पठाएको छ । दुर्घटनापछिको अवस्था बारेमा कुनै जानकारी नभएको सिम्रिकले बताएको छ ।

त्यस्तै, हेलिकोप्टरमा को—पाइलट टिम मेम्बर छिरिङ भोटे र स्थानीय भविन गुरुङ रहेको जनाइएको छ । स्थानीय भबिन गुरुङ सकुशल रहेको र अन्य दुई जना घाइते भएको जनाइएको छ ।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टबाट थप उपचारका लागि लैजान लागिएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जनाएका छन् ।

दुर्घटनाको कारण नखुले पनि प्रांरम्भिक जानकारीअनुसार हेलिकोप्टरको पंखा पहाडमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

पाैडेल सिम्रिक एयरका बरिष्ठ र अनुभवी पाइलट मानिन्छन् ।