नेपालले जितका लागि ओमानलाई दियो ३११ रनको लक्ष्य



काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानलाई जितका लागि ३११ रनको लक्ष्य दिएको छ ।

नेपालका लागि कुशल मल्ल र सोमपाल कामीको उत्कृष्ट ब्याटिङ गरेका थिए । मल्लले १०८ रन बनाउँदा कामीले ६३ रन बनाए ।

नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

नेपालका लागि अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १ सय ८ रनको शतकीय ईनिङ खेले । उनले ५९ आफ्नो शतक पूरा गरेका थिए ।

सुरुआत राम्रो हुन नसकेको नेपालका मध्येक्रमका ब्याटरहरुले राम्रो साझेदारी गरेर नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए ।

टिमको स्कोर शुन्य रनमा रहँदा दुवै ओपनरलाई गुमाएको नेपालले २८ औं बलमा रनको खाता खोलेको थियो ।

तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भिम ३३ रनमा आउट भए ।

पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए ।

सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए ।

करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।

ओमानका लागि आयान खानले २ तथा बिलाल खान,कलिमुल्लाह खान,जिशान मकशुद,फायाज बट र जतिन्दर सिंहले समान १/१ विकेट लिए ।