

नेपालले टस हारेर ब्याटिङ गर्दै, गुल्सनको स्थानमा करण टिममा

काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपमा ओमानविरुद्ध नेपालले टस हारेको छ ।
त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको टस ओमानले जितेको हो । ओमानले बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।
प्रतियोगितामा आआफ्नो पहिलो खेलमा जित हात पारेका दुईबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ।
समान दुई अंक रहे पनि रनरेटका आधारमा समूह ‘ए’ मा नेपाल शीर्ष स्थान र ओमान तेस्रो स्थानमा रहेको छ ।
फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १र१ खेल हुनेछ ।
वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाली टोलीमा एक परिवर्तन भएको छ । गुलसन झाको स्थानमा करण केसी टोलीमा फर्किएका छन् ।
नेपालको प्लेइङ–११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।