

अञ्जुको स्वरमा ‘मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दासँगै हाँस्थ्यौ’

काठमाडौं । सुगम संगीतमा सर्वाधिक रुचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँस’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
बरिष्ठ गीतकार हिरा काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत सिर्जना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ । प्रेमील जोडिको प्रेम र रोदनलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
गीतमा युवा युवती विचमा रहने प्रेम र घातलाई कलात्मक रुपमा समेटिएका कारणले आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकार हिराकाजीले बताए । मायालुलाई मन दिएपछि मायालु बेइमान हुँदा एउटा प्रेमीको जीवनमा कस्तो असर पुग्छ, प्रेमी घरको न घाटको बन्न पुगेको प्रेम वियोगान्त विषयलाई कलात्मक तरिकाले देखाइएको छ ।
उत्तम हुमागाईँको छायाँकन , अनिल रानाको सम्पादन तथा हिराकाजी थापाको निर्देशन भिडियोमा रहेकोे छ । गीतको भिडियोमा लोकप्रिय अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय रहेको छ । गीतको भिडियो काठमाडौँ उपत्यकाका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको हो ।
‘मैले रुँदा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्