समीक्षा भन्छिन्, ‘मन भित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु’



काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगी चलचित्रको कथाजस्तै भएको बताएकी छन् । सामाजिक संजालमा एक पोस्ट गर्दै उनले आफूले मन भित्रको बह सुनाउन खोज्छु हासो र मजाकको पात्र बन्ने गरेको बताएकी छिन् ।

उनले केहीबेर अगाडी सामाजिक सञ्जालमा लेख्छिन्, ‘अगाडि बढ्न खोज्छु । मेरा पाइला पछाडि तानिन्छन् । मनभित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु,’ उनले लेखेकी छन्, ‘आफ्ना नजरहरुलाई कहीँ कतै भुलाउन खोज्छु । तर जताततै अँध्यारो देख्छु । ए मेरो पनि भावना छ तपाईंको जस्तै । मेरो पनि मन छ तपाईंको जस्तै । आँसु झर्दा दुख्छ, पोल्छ ।’

उनले अगाडि बढ्न खोज्दा खुट्टा तान्नेहरु धेरै भएको पनि बताएकी छन् । उनले लेखेकी छन्, ‘कुनै पनि घटना कथावस्तुको वास्तविकता अर्कै हुन्छ । तर देखाउँदा त्यसलाई फरक ढङ्गले देखाइन्छ । अनि हेर्नेले बुझ्नेले पनि त्यसरी नै हेर्छन् र बुझ्छन् । अनि कसैलाई गालीको बर्सात हुन्छ त कसैलाई तालीको । चलचित्रको कथाजस्तै मेरो जिन्दगीको कथा पनि त्यस्तै छ । अगाडि बढ्न खोज्छु । मेरा पाइला पछाडि तानिन्छन् ।’

उनी अगाडी लेेख्छिन्, मन भित्रको बह सुनाउन खोज्छु हासो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोज्छु तर जताततै अध्यारो देख्छु । ए मेरो पनी भावना छ तपाईको जस्तै ।मेरो पनी मन छ तपाईको जस्तै आशु झर्दा दुख्छ,पोल्छ । लाग्छ अब त मेरा हरकुरा अर्थ हिन हुन जस्तो । म गलत छैन,म कुनै चरीत्र हिन छोरी होईन मेरो पनी परीवार छ तपाईको जस्तै । पर्दामा देखीएका हरेक कुरा सहिहुदैनन । सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।’

सामाजिक सञ्जालमा अझै पनि उनीमाथि आलोचना नगर्न नछाडेपछि उनले यस्तो बताएकी हुन् ।