सशस्त्रको गोताखोरले यसरी निकाले स्मृतिलाई २०० मिटर गहिराइबाट तर…
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका- १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसेर अड्किएकी बालिकालाई सशस्त्र प्रहरीले अन्दाजी २०० मिटर गहिराइबाट निकालेको छ ।
शनिबार दिउँसाे नागढुंगा बस्ने १२ वर्षीया स्मृति पराजुली खेल खेल्ने क्रममा उक्त प्वालमा खसेकी थिइन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट खटिएकोे गोताखोरसहितको टोलीले उनलाई निकालेको हो ।
उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषित गरेका थिए ।