

अमेरिकी सेनाको दुई हेलिकोप्टर दुर्घटना, धेरैको ज्यान गएको आशंका

केन्टकी । अमेरिकाको केन्टकी प्रान्तको ट्रिग काउन्टीमा सेनाको २ वटा हेलिकप्टर दुर्घटना हुँदा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । केन्टकीका गभर्नर एन्डी बेशियरले यसको पुष्टि गरेका छन् ।
स्थानीय समाचार रिपोर्टमा बताइए अनुसार यो घटना स्थानीय समयानुसार २१ः३५ बजे भयो जसमा ९ जना मारिएका छन् । स्थानीय सेनाले पनि आफ्नो हेलिकप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ ।
फोर्ट क्याम्पबेल मिलिटरी बेसका प्रवक्ताले बीबीसीलाई दिएको जानकारीमा दुई वटा एचएच ६० ब्ल्याकहक हेलिकोप्टर नियमित प्रशिक्षण मिसनको क्रममा दुर्घटनाग्रस्त भएको बताए