

ललितपुर मेयर कपमा एपीएफको ह्याट्रिक

काठमाडौं । ललितपुर मेयर कप महिला टी-२० प्रतियोगिताको तेस्रो संस्करणको उपाधि पनि एपीएफ क्लबले जितेको छ ।
तेस्रा संस्करणको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै विभागीय टोली एपीएफ लगातार तेस्रो पटक च्याम्पियन बनेको हो ।
ब्याटर सीता र इन्दुको १३७ रनको कीर्तिमानी साझेदारी गर्दा एपीएफले १५४ रन बनाउको थियो ।
एपीएफले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०० रनमै सीमित भयो ।