२० किमि सडक स्तरोन्नतीको शिलान्यासका लागि प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको लर्को !



गोरखा – गोर्खा र लमजुङका  स्थानीय लाभान्वित हुने पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति गर्न प्रधानमन्त्रीसहितको टोली लर्को लागेर गोरखा पुगेका छन्।

उक्त स्तरोन्नतीका लागि सडकको आज (मंगलबार) शिलान्यास गरिएको हो।  ​पालुङटार नगरपालिकाको विमिरेमा हुने शिलान्यासका लागि प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि गोरखा पुगेका हुन्।

पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुने जनाइएको छ।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा बन्न लागेको सडकको लागत ८० करोड रुपैयाँ रहेको छ। ​

May be an image of 1 person, standing and outdoors

May be an image of 2 people, people standing, people sitting and road