आँधीखोला जलविद्यूत् आयोजनाको पिपिए दर निर्धारणका लागि सार्वजनिक सुनुवाई गर्दै आयोग



काठमाडौं । विद्युत नियमन आयोगले एक जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) दर निर्धारण गर्न सार्वजनिक सुनुवाई गर्ने भएको छ ।

आयोगले बुटवल पावर कम्पनी लिद्वारा प्रवद्र्धित ९.४ मेगावाटको आँधीखोला जलविद्युत आयोजनाको पिपिए दर निर्धारण गर्न चैत १० गते (शुक्रबार) सार्वजनिक सुनुवाई गर्ने भएको हो ।

बुटवल पावरद्वारा गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा निर्माण हुने आयोजनाबाट उत्पादन हुने विद्युतको खरिदबिक्री सम्झौता दर निर्धारण गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।

आयोगले उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, संचार माध्यम, स्थानीय तहका प्रतिनिधि,  तथा सरोकारवालाहरूलाई कार्यक्रमा सहभागी हुन निगमले आह्वान गरेको छ ।

सरोकारवालाहरूले आयोगको कार्यालयमा लिखित रुपमा समेत आफ्ना राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न सक्नेछन । सार्वजनिक सुनुवाई १० गते ९शुक्रबार० सानो गौचरणस्थित विद्युत विकास विभागको सभा हलमा हुनेछ ।